निजी विद्यालयको नयाँ अभ्यास, मोर्डन एराका उत्कृष्ठ शिक्षकलाई नगद पुरस्कार

निजी विद्यालयको नयाँ अभ्यास, मोर्डन एराका उत्कृष्ठ शिक्षकलाई नगद पुरस्कार

विराटनगर, २ चैत ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा रहेको मोर्डन एरा स्कूलले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिना’ ले प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा आयोजित मोर्डन एरा सिंगिङ्ग स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको हो । मोर्डन एरा गायन प्रतियोगिता उपाधि बिकास चौधरी जितेका छन् । प्रतियोगिताको फस्ट रनरअप अस्मिता वि.क. घोषित ह्ुनुभयो ।
त्यस्तै मोर्डन एरा डान्सिङ्ग स्टारको सिनियर छात्रतर्फको उपाधि अमिक बस्नेत र छात्रातर्फ पेरिना अधिकारीले जितेका छन् । सोही प्रतिस्पर्धाको छात्रतर्फको प्रथम ट्रिङकल पोखरेल र छात्रातर्फ एन्जिला कार्की घोषित भए ।
त्यस्तै मिस्टर एण्ड मिस मोर्डन एराको सिनियरतर्फको बिजेता आयूष अधिकारी र मुस्कान यादव भए । सोही प्रतिस्पर्धाको जुनियरतर्फको बिजेता रोहन श्रेष्ठ र दिक्षा खतिवडा घोषित भए । किड्सतर्फ भएको मिस्टर एण्ड मिसको बिजेता कृजन राजवंशी र एलेक्स विष्ट घोषित भए ।
सोही अवसरमा कक्षा १० का विद्यार्थीहरुलाई समेत विदाई गरिएएको छ । आउँदै गरेको एसइइ परीक्षामा सामेल हुने मोर्डन एराका ६० जना विद्यार्थीहरुलाई सोही कार्यक्रममा विदाई गरिएको हो । स्कूलले दुई जना शिक्षकलाई नगद सहिद पुरस्कृत गरेको छ । नियमित स्कूलमा आएर विद्यार्थीहरुलाई पठनपाठन गरेको भन्दै उत्कृष्ट शिकक्षक कृति श्रेष्ठ र विरेन्द्र मण्डललाई पुरस्कृत गरिएको हो । पुरस्कृत शिक्षकलाई बिद्यालयले जनही नगद ५ हजारले उपलब्ध गराएको बिद्यालयका प्रिन्सीपल राम घिमिरेले जानकारी दिनुभयो ।
विजयी हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल राम घिमिरे, अध्यक्ष रामकुमार श्रेष्ठ, स्कूलका संस्थापक निर्देशक इन्द्र राई लगायतले पुरस्कार तथा सम्मानित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्