२५ लाख लट्री परेको भन्दै ठगी गर्नेलाई ४ जना पक्राउ

२५ लाख लट्री परेको भन्दै ठगी गर्नेलाई ४ जना  पक्राउ

महोत्तरी, ३ चैत । २५ लाख रुपैयाँ लट्री परेको भन्दै ठगी गर्नेलाई ४ जना महोत्तरी र धनुषाबाट पक्राउ परेका छन्। लबन्दी–४, का इन्दलाल चौधरीलाई लट्री परेको भन्दै पैसा माग गर्ने  १ जना महोत्तरीको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । महोत्तरी सम्सी गाउँपालिका–७, का रामजी यादवलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाले पक्ताउ गरेको हो ।

प्रहरी निरीक्षक भोला भटटले दिएको जानकारी अनुसार पक्राउ परेका यादवले चौधरीको इमोमा फोन गरी २५ लाख रुपैयाँ लट्रीको रकम पाउन ३५ हजार रुपैयाँ पठाउन भनेका थिए । फोन गर्ने व्यक्तिले महोत्तरी सम्सी–७, का रामजी यादवको नाममा ३५ हजार रुपैयाँ आइएमई गर्न भनेका थिए । लट्री परेको फोन आएपछि चौधरीले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीकै सहयोगमा चौधरीले पठाएको पैसा महोत्तरीको गौशालाबाट निकाल्न पुगेका यादव पैसा लिन जाँदा प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लालबन्दी पठाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार यादव यस अघि पनि १ लाख ५० हजार रुपैयाँ यसरी नै ठगी गरेका थिए ।

त्यस्तै पोखराबाट आइएमईमा पठाउन लागिएको १ लाख ६० हजार रुपैयाँ निकाल्न आएका समयमा तीन जनालाई जनकपुरको पेठिया बजारबाट प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । इमोमा फोन गरी २५ लाख रुपैयाँ लौटरीका कर बापत आइएमई मार्फत ठगी गर्ने गिरोह मध्येका ५ जना पोखरामा पनि पक्राउ  परेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

ठगी गर्ने गिरोहले चिनजानका व्यक्तिको नाममा पैसा पठाउन लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगीमा संलग्न अन्यको खोजि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्