झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने

<span class='c1'>झापाबाट यस वर्ष १६ हजार</span> <span class='c2'>परीक्षार्थीले एसइई परीक्षा दिने</span>

बनियानी, झापा, चैत ३  गते । झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५४ वटा परीक्षा केन्द्रबाट नियमित र दुईवटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिनेछन् । एक्जाम्टेड विद्यार्थीका लागि बिर्तामोडस्थित महेन्द्र रत्न उच्च मावि र दमकस्थित पृथ्वी मावि तोकिएको छ ।

“परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको छ”, उपजिशिअ भण्डारीले भन्नुभयो, “सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्