मोरङले जित्यो प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी

<span class='c1'>मोरङले जित्यो प्रथम प्रदेश स्तरीय</span> <span class='c2'>टि २० क्रिकेट प्रतियोगिताको उपाधी</span>

इनरुवा। सुनसरीको इनरुवामा सम्पन्न प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोरङले जितेको छ ।
इनरुवा खेल मेदानमा सम्पन्न फाइनल खेलमा मोरङले आयोजक सुनसरी युथ क्लबलाई १४ रनले पराजित गरेको हो । मोरङले दिएको १ सय ५१ रनको लक्ष पछ्याएको आयोजक सुनसरी निर्धारित २० ओभर खेल्दै १ सय ३६ रनमा समेटिएपछि मोरङले उपाधी  चुमेको हो ।

उपाधी सहित बिजेता टिमले ट्रफि सहित नगद एक लाख हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको आयोजक सुनसरीले नगद ५० हजार प्राप्त गरेको छ ।प्रतियोगिता भर उत्कृष्ठ प्रर्दशन गरेका उदयरपुरका सोनु अन्सारी म्यान अफ दि सिरिज भएका छन् भने आयोजक सुनसरीका निशान्त महत उत्कृष्ठ बलर र मुकेश मण्डल फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।

प्रतियोगिताका बिजेता सहित उपबिजेता टिमलाई प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षि दलका नेता राजिब कोइराला सहित पूर्वाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष रविन नगरकोटीका साथै प्रतियोगिताको प्रमुख प्रायोजक काब्रा ग्रुपका प्रोप्राइटर नवलकिशोर काब्राले शिल्ड तथा पुरस्कार वितरण गर्नु भएको थियो ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मोरङ १९ दशमलव ५ बलमा १ सय ५० रनमा अलआउट हुन पुगेको थियो । मोरङकालागि रामनरेश गिरीले २९ रन बनाएका थिए भने सिद्धान्त लोहनीले १७ रन बनाएका थिए । सुनसरीका मुकेश मण्डल एक्लैले ४ तथा शिवु यादवले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको आयोजक सुनसरी युथ क्लबले पुरै ओभर खेलेपनि बिजयी लक्ष भेटाउन सकेन् । सुनसरीले २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । आयोजककालागि सबै भन्दा बढी ४८ रन गौतम शर्माले बनाएका थिए भने श्रवण यादवले ३२ र विवेक यादवले २९ रन जोडेका थिए । सुनसरीका तीन ब्याट्समेन रनआउट हुन पुगेका थिए ।

पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा प्राप्त साथ र सहयोगले आगामी वर्षकालागि समेत प्रतियोगिताको निरन्तरतामा हौसला थपेको आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले बताए ।(इनरुवा अनलाइन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्