हिमालय दर्शन कलेजमा उद्घोष तालिम

हिमालय दर्शन कलेजमा उद्घोष तालिम

विराटनगर, ४ चैत ।

विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम शूरु भएको छ । लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजले आइतबारदेखि तीन दिन सम्म तालिम आयोजना गरिएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो । क्याम्सप प्रमुख सापकोटाले तालिमले विद्यार्थीहरुको दक्षता उजागर गर्ने बताउनुभयो । तालिमा कलेजमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागि रहेका छन् । तालिमको सहजिकरण विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्