गाउँपालिका अध्यक्षको यस्तो काम, पक्राउ परेका व्यक्ति छुटाउन प्रहरी चौकीको पानी र लाईन काटियो

गाउँपालिका अध्यक्षको यस्तो काम, पक्राउ परेका व्यक्ति छुटाउन प्रहरी चौकीको पानी र लाईन काटियो

नवलपरासी, ४ चैत  । पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिँदै नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा प्रहरी चौकीको पानी र विजुलीको लाइन काटिएको छ । भरुवा बन्दुक र बारुदसहित पक्राउ परेका नवलपरासी बुलि¨टारका २२ वर्षीय चन्द्र सुस्लिङलाई प्रहरीले छाडन नमानेको भन्दै गाउँपालिकाका अध्यक्षको निर्देशनमा केहि युवाले चौकीको पानी र विजुलीको लाइन काटिदिएका हुन् ।

नेपाली कांग्रेसबाट विजयी भएका बुलि¨टार गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले फागुन ३० गते हतियारसहित पक्राउ परेका सुस्लिङलाई छाड्न प्रहरीलाई दवाव दिएका थिए । सुस्लिङलाई जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा चैत १ गते स्थानीयबासिन्दाको नाममा केहि युवाले प्रहरी चौकी घेराउ गरेका थिए । तर प्रहरीले सुस्लिङलाई छाड्न नमानी कारवाही प्रक्रिया अघि बढाएपछि पानी र विजुलीको लाइन काटिएको हो । लाइन काटेपछि नवलपरासीको ईलाका प्रहरी कार्यालय बुलि¨टार चार दिनदेखि पानी र विजुली बिहिन भएको छ ।

‘चैत १  गते गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले आएर बेलुकीदेखि पानी र बिजुली आउँदैन भन्नुभयो’ चौकीका एक प्रहरीले नाम सार्वजनिक नगर्न आग्रह गर्र्दै भने ‘त्यसपछि पानी पनि आएन विजुली पनि आएन ।’ सुस्लिङलाई पक्रेपछि बस्ताकोटीले ‘पुलिस चाँहिदैन, गाउँपालिकामा चौकी पनि चाहिँदैन’ भनेको प्रमाणसमेत आफूहरुसँग आएको प्रहरीले दावी गरेको छ ।

पानी र विजुलीको लाइन काटिएपछि ईलाका प्रहरी कार्यालयका प्रहरीहरु अहिले समस्यामा परेका छन् । पानी नभएका कारण एक किलोमिटर टाढा गएर पानी ल्याउने गरेको प्रहरी कार्यालय बुलि¨टारले जनाएको छ । पानीको अभावमा कपडा धुन र नुहाउन खोलामा जानु परेको र खोलाबाटै पानी ल्याएर खानु परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुलि¨टारमा ९ जना प्रहरी कार्यरत छन् । चार दिनदेखि पानी नहुँदा शौचालय पनि बन्द गर्नु परेको र शौचका लागि समेत समस्या भएको छ ।

गाउँपालिका अध्यक्ष समेत प्रहरीको विरुद्ध लागेपछि आफूहरु अहिले आफ्नो र प्रहरी चौकी कार्यालयको सुरक्षा गरेर बसेका छन् । उनीहरु पानी लिन चौकी बाहिर जाँदा पनि आधा आधा बाँडिएर जाने गरेका छन् । ‘आफ्नो सुरक्षाको लागि पनि हामी समूहमा नै हिँडने गरेका छौ’ ती प्रहरीले भने ।

विजुली नहुँदा ईलाका प्रहरी कार्यालय बुलि¨टार संचार सम्पर्क विहीन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दिपेन्द्र जिसीका अनुसार बुलि¨टार गाउँपालिकाका अध्यक्षसँग शनिबार पानी र विजुलीको लाइन प्रहरी कार्यालयमा जडान गर्ने सहमति भएको थियो । तर अझैसम्म पनि जडान भएको छैन । भरुवा बन्दुकसहित पक्राउ परेका चन्द्र सुस्लि¨लाई भने म्याद थप गरी बयान लिने कार्य जारी रहेको एसपी जिसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्