गाउँपालिका अध्यक्षको फोन महिलाले उठाएपछि…

गाउँपालिका अध्यक्षको फोन महिलाले उठाएपछि…

दैलेख, ५ चैत  ।  दैलेखको नौमूल गाउँपालिका अध्यक्ष भदे बुढाको फोन महिलाले उठाउन थालेपछि सेवाग्राही अचम्ममा परेका छन् । गाउँपालिकाको वेभसाइटमा राखिएको अध्यक्षको फोन नम्बर ९८१५४४३६६६ मा फोन लगाउँदा सधै महिलाले उठाउने गरेकी छिन् ।

यसबारेमा ठूलै चर्चा हुन थालेपछि गाउँपालिकामा बुझ्दा अध्यक्षको फोन नम्बर ९८१५४४३६६६ हुनु पर्नेमा अन्यथा भएको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले पनि त्रुटि भएको स्वीकार गर्नुभयो ।

तर गाउँपालिकाले गल्ति स्वीकार गरे पनि फोन नम्बर भने परिवर्तन गरेको छैन ।  गाउँपालिकाको गम्भीर त्रुटिका कारण सुनसरी निवासी एक महिलालाई दिनकै फोन आउन थालेपछि हैरानी भएको छ ।  ‘अध्यक्षज्यूलाई फोन दिनुस् भन्दै दिनहु १०–१५ वटा फोन आउँछ’ पीडित महिलाले भन्नुभयो, यसबारे गाउँपालिकामा गुनासो गर्दा पनि कुनै सुनुवाई भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्