विराटनगर, ५ चैत ।
विराटनगर महानगरपालिका रानी जाने बाटोमै पर्छ विराटनगर जुटमिल । जुटमलको मुलद्धारमा एकजना करिब ६० बर्षिय रामएकवाल ठाकुरको दैनिक एउटा छाता मुनि भेटिनुहुन्छ ।सोमबार दिउँसो १ बजे तिर पुग्दा उहाँसँगै एकजना सानी करिब १० बर्ष जतिकी नानी पनि थिईन् । उहाँ त्यही छातामुनी सुतेर बस्नु् भएको थियो । छेउमै ती नानी पनि सुतेकी थिईन् । यसरी जुटमिलको मु्लद्धारमा बस्नु ठाकुरको रहर भने हैन । उहाँलाई यही ठाउँले समृद्धी पनि दियो, सुख सयल पनि कुनै दिन दिएको थियो । यसको कारण हो विराटनगर जुटमिलमा राधाकृष्ण चमाडीया हुँदा ठाकुर पनि जुटमिल भित्रै सबै मजदुर र कर्मचारीको कपाल काट्ने काम गर्नुुहुन्थ्यो ।
उहाँलाई भित्रैबाट चामल, कपडा सँगै कपाल काटेको पैसा पनि राम्रो कमाउनुहुन्थ्यो । उहाँको बाजे हजुरबाजे सबैको यसैगरी दिनचर्या बितेको हो । तर अहिले समय फेरीएको छ । भित्र बसेर २२ बर्ष सम्म लगातार कपाल काट्ने ठाकुर अहिले त्यही जुटमिलको मुलद्धारमा ग्राहक पर्खिएर बस्नु भएको छ । तर अहिले बिरलै मात्र उहाँका ग्राहक आउँछन् । आउनेहरु पनि पहिले देखि जान्दै आएकाहरु मात्र । ठाकुर भन्नुहुन्छ, २२ बर्ष जुटमिल भित्र थिएँ जुटमिल बन्द भएपछि सडकमा आईपुगेको छु । उहाँको एउटै चिन्ता छ, पहिलाको दिन नआउने भए । विराटनगर जुटमिलको मुलद्धारमा दैनिकी चलाउँदै आएकोले सक्दासम्म गर्ने नसक्दासम्म उहाँको यो कर्म थामिदिने कोहीपनि छैन । जुटमिलको अवशानसँगै उहाँको कपाल काट्ने पेशा विराटनगर जुटमिलको गेटमा आएर एउटा छातामा चलेको छ र अबको केही बर्षमा उहाँको पुस्तौदेखि चल्दै आएको पेशाको अन्त्य हुनेमा उहाँलाई चिन्ता लागेको छ । ब्यवसायिकताको दौडानमा दौडिन नसक्दाको कडी अहिलेको जुटमिलको गेटको सहारा हुनु परेको उहाँको बुझाई छ ।
रिपोर्ट : सुमन सुस्केरा /प्रेम देवान (आवर बिराटनगर डट नेट)