२ लाख बढीको भन्सार छलेको समानसहित एक पक्राउ

<span class='c1'>२ लाख बढीको भन्सार</span> <span class='c2'>छलेको समानसहित एक पक्राउ</span>

विराटनगर ६ चैत ।
सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार २ लाख ४५ हजार मुल्य बराबरको भन्सार छलेको सामानसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको जहदा ७ बस्ने २९ बर्षिय अनिल कुमार यादव रहेका छन्। यादवलाई भारतीय बजार जोगबनीबाट भन्सार छलेको खाद्यान्न, लत्ताकपडा ,डिजल, पेट्रोल र दुई थान मोटरसाइकलसहित आइतबार विहान पक्राउ गरेको हो। बरामद सामानसहित यादवलाई विराटनगर भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्