विराटनगर, ६ चैत । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजमा लैगिङ्क र प्रजनन स्वास्थय सवैको अधिकार विषयमा दुई दिने कार्याशाला गोष्ठी सोमबारदेखि शूरु भएको छ । दया फाउण्डेशन काठमान्डौं र विराटनगर जुनियर जेसीजको सहकार्यमा गोष्ठिको आयोजना भएको हो । आजसम्म हुने कार्यक्रममा कलेजमा कक्षा ११ मा अध्ययनरत ८० जना विद्यार्थीहरु सहभागि रहेका कलेज व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा यूवा विद्यार्थीहरुलाई लैगिङ्क र प्रजनन स्वास्थयका विबिध पक्षहरुको बारेमा जानकारी गराएको भट्टराईले बताउनुभयो ।
टिना मानन्धर, स्नेहा जोशी, सुस्मिता शाक्य र सरु घिमिरेले गोष्ठीको सहजीकरण गरेका थिए ।