पुस्तक खरानी भएपछि बालबालिका रितोहात परीक्षाको तयारी

<span class='c1'>पुस्तक खरानी भएपछि बालबालिका</span> <span class='c2'>रितोहात परीक्षाको तयारी</span>

सुनसरी, ६ चैत ।
शनिवार मध्यरातमा वस्ती पुरै सखाप हुने गरी सुनसरीको बराहक्षेत्र ११ स्थित सरदारबस्तीका बालवालिकाहरुको शैक्षिक सामाग्रीहरुसमेत खरानी भएपछि पठनपाठन प्रभावित भएको छ ।
आगलागीका कारण घरका सम्पुर्ण सामाग्रीसहित बालवालिकाहरुका किताव, कापी, कलमका साथै विद्यालय पोशाकसमेत जलेर नष्ट भएका छन् । आगलागि पीडित विद्यार्थीहरुलाई परिक्षा कसरी दिने भन्ने चिन्ताले सताउन थालेका छ । आगलागीमा परी इक्राही वस्तीका घर तथा टहराहरु जल्दा वस्तीका ७० जना बालबालिकाका शैक्षिक सामाग्रीहरु समेत खरानी भएका थिए । अग्नी पिडित बालबालिकाले विभिन्न संघसंस्थाहरुले राहत उपलब्ध गराउन थालेपनि आफुहरुका लागि पुस्कक कसैले पनि उपलब्ध नगराएको बताएका छन् । आगलागीका कारण सुकुम्वासी वस्तीका ५९ परिवारका लत्ताकपडा, खाध्यान्न नष्ट हुनुका साथै १५ वटा चौपायाहरु मेरेको स्थानीय गोपी यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्