सुनसरीका किसान सूर्यमुखी खेतीतर्फ आकर्षित

<span class='c1'>सुनसरीका किसान सूर्यमुखी</span> <span class='c2'>खेतीतर्फ आकर्षित</span>

इनरुवा, चैत ६ गते । सुनसरीका किसान तेलहन बालीमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तोरी र सस्र्युंको उत्पादन घट्दो क्रममा रहेको बेला यहाँका स्थानीय सूर्यमुखीखेतीतर्फ आकर्षित भएका हुन् ।

राम्रो फल्ने र आम्दानीसमेत राम्रो हुने भएकाले सुनसरीका किसान सूर्यमुखीखेतीमा जोड दिन थालेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
किसानले घरायसी प्रयोजनसहित बिक्रीको उद्देश्य राखेर सूर्यमुखी लगाएको पश्चिम कुशाहाका दीपेश यादवले जानकारी दिनुभयो ।
सूर्यमुखीको तेल स्वास्थ्यका लागि लाभदायक मानिने भएकोले यसको बजारसमेत विस्तार हुँदै गएकोले किसानको आकर्षण बढेको उहाँको भनाइ छ ।
सूर्यमुखीखेती जिल्लाको बराहा क्षेत्र नगरपालिकास्थित प्रकाशपुर, महेन्द्रनगर, मधुवन, भरौल, रामधुनीको सिङ्गिया, डुम्राहा, इटहरीको एकम्बा, दुहवीको तन्मुना, भलुवा, पचिरा, पूर्व कुशाहा, सोनापुरलगायतका स्थानमा हुने गर्छ ।
त्यसैगरी हरिनगर गाउँपालिकाको गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुरलगायतका क्षेत्रमा समेत सूर्यमुखीखेती लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्