पाँचथरमा दुई वर्षसम्मका बच्चा भएका आमालाई कुखुरा वितरण

<span class='c1'>पाँचथरमा दुई वर्षसम्मका बच्चा</span> <span class='c2'>भएका आमालाई कुखुरा वितरण</span>

पाँचथर, चैत ६ । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ ।

सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिए ।

लेयर्स जातका ती कुखुराले पारेका अण्डा उपभोगबाट आमा र वच्चालाई पोषण तत्व प्राप्त होस् भन्ने उद्देश्यले वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिपरिवार ५ वटा कुखुरा प्रदान गरिएको छ । यस जातका कुखुराले बार्षिक २ सय वटा बढी अण्डा उत्पादन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्