चितामा जलाउनै लागेको शव प्रहरीले बरामद गरेपछि …

<span class='c1'>चितामा जलाउनै लागेको शव प्रहरीले</span> <span class='c2'>बरामद  गरेपछि …</span>

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।

झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई मंगलबार बिहान मृतकका दुुईभाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् ।

घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्