पुष्पलाल चौकमा बिद्यार्थीले बनाए जेव्रा क्रसिङ

पुष्पलाल चौकमा बिद्यार्थीले बनाए जेव्रा क्रसिङ

विराटनगर ६ चैत ।
अन्तराष्ट्रिय समाज सेवा दिवसको अबसरमा जनता आदर्श बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले विराटनगरको पुष्पलालचौकमा रहेको सडकमा जेब्रा क्रसिङ बनाएका छन् । बिद्यार्थी, शिक्षक तथा कर्मचारी सहित ¥याली सहित पुगेको टोलीले जेब्राक्रसिङ बनाएको हो ।
समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लुमा अध्ययरत बिद्यार्थीले पुर्वाञ्चल विश्वविद्यालय प्रबेशद्धार अगाडि जेव्रा क्रसिङ बनाएका हुन् ।
बिद्यार्थीलाई समाजकि संस्कारका बारे सिकाउनु र ब्यबहारमा परिबर्तन ल्याउन यो प्रयोगात्मक भुमिका रहने कलेजका बि.एस.डब्लु.कार्यक्रम संयोजक अबिजाल विष्टले जानकारी दिनुभयो । विश्वबिद्यालयको प्रबेशद्धारमा जेव्रा क्रसिङ नभएकोले दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व बिद्यार्थीहरुको पनि भएको यो अभियान चलाईएका तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताउनुभयो । बिद्यार्थी निश्मा नेपाल भन्नुहुन्छ, बिद्यार्थीबाट नै परिवर्तन सम्भव रहेकोले परिवर्तनको एउटा बिषय समाज रुपान्तरण र सामाजिक कार्यभएकोले अभियानलाई निरन्तरता दिईनेछ । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्