सरकारको कामको प्रगती भएको छ : प्रधानमन्त्री ओली

<span class='c1'>सरकारको कामको प्रगती भएको</span> <span class='c2'>छ : प्रधानमन्त्री ओली</span>

काठमाण्डौ, ६ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पार्नुभयो । दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न आज काठमाडौंमा आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो । उहाँले उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अरव ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ । उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्