लोभी र स्वार्थी सामाजिक कार्यकर्ता हैनन् ः सामाजिक विकास मन्त्री घिमिरे

लोभी र स्वार्थी सामाजिक कार्यकर्ता हैनन् ः सामाजिक विकास मन्त्री घिमिरे

ईटहरी, ६ चैत ।
प्रदेश नम्बर १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले लोभी र स्वार्थीहरु सामाजिक कार्यकर्ता बन्न नसक्ने बताउनुभएको छ ।
सुनसरीको इटहरीमा विश्व सामाजिक कार्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले स्वार्थ छाडेर सेवक बन्नुपर्नेमा जोड दिनुभएको हो । निस्वार्थ भावले सेवा गर्ने कार्य कठिन भएको भन्दै मन्त्री घिमिरेले प्रदेशको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्ने योजना रहेको जानकारीसमेत दिनुभयो । उहाँले आवश्यकताअनुसारका क्षेत्रहरु पहिचान गरी जनशक्ति तयार पार्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्