एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

काठमाडौं । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ ।

मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ ।

त्यसैगरी सो खातामा निशुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकिङ सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा पनि छुट प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ । त्यस्तै सो खाता खोलि मोबाइल बैंकिङ सेवा लिएपछि एनटीसी र एनसेलको रु १०० बराबरको रिचार्ज कार्डसमेत निशुल्क प्रदान गरिने भएको छ ।

रु १००० न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ ।

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सीमित अवधिसम्म मात्रै सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्