ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २,२३४ जनामध्ये १५२ जना अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए ।

उनका अनुसार एक्जाम्टेडतर्फका ३१८ समेत गरि २,४०० परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । यीमध्ये ५२ जना प्राविधिकतर्फका छन् ।

यस्तै जिल्ला कारागारमा रहेका एकजना कैदीसमेत परीक्षामा सामेल हुने जनाईएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् ।

परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र निर्धारण गरिएको छ भने झण्डै २ सय बढी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

परीक्षाका लागि सम्पुर्ण तयारी पुरा भएको समेत जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्