आईतवार देखि तोकिएको ठाउँमा कर्मचारी नगए कार्वाही हुने

आईतवार देखि तोकिएको ठाउँमा कर्मचारी नगए कार्वाही हुने

विराटनगर, ७ चैत ।
संघिय मामिला तथा समान्य प्रसासन मन्त्री लालवावु पण्डितले आगामी आइतवारदेखी तोकिएको ठाउमा नजाने कार्मचारीहरुलाई निजमती ऐन अनुसार कार्वाहीगर्न मन्त्रालय वाध्य हुने वताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उहाले कर्मचारीलाई जुन ठाउमापनी खटाउन सकिने भएकाले तोकिएको कार्यक्षेत्रमा जान कर्मचारीले अटेरगर्न नहुने वताउनुभयो ।
अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखी कार्यत्रक्षेत्रमा नर्फकने कर्मचारी कार्वाहीमा पर्ने चेतावनी दिनुभयो ।
सक्रमणकालिन अवस्थामा सरकारको तिनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेक्षिक अवकास मार्फत संक्षम जनशक्तीलाई विदा दिनेपंक्षमा सरकार नभएको उहालेवताउनुभयो । उहाले खटिएको कर्मचारीलाई पहिलोको कार्यालयमा हाजिर गराउने खोजिए कार्यालय प्रमुखपनी कार्वाहीको भागिदार हुने उल्लेख गर्नुभयो ।
अहिलेको सरकारको प्रमुख लक्ष्या आर्थिक सम्वृद्धि र विकास भएकाले त्यसकालागी राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको वताउनुभयो । एक प्रश्नमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णय आवेगपुर्ण र कानुन विपरित भएकाले त्यस्ता निर्णय खारेज हुने वताउनुभयो ।
उहाले संघियता स्थापित हुने क्रममा रहेकाले अव संघियता खारेज हुने संभावना अनत्य भइसेको मन्त्री पण्डितले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्