विराटनगरको एक नम्बर संसद भवन वडा सदस्यद्धारा घेराउ

विराटनगरको एक नम्बर संसद भवन वडा सदस्यद्धारा घेराउ

विराटनगर, ७ चैत ।
विराटनगरस्थित १ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्नु अघि वडा सदस्यहरुले सेवा सुविधाको माग गर्दै घेराउ गरेका छन् । संसद बैठकमा जनप्रतिनिधिहरुको सेवा सुविधा तोकिन सक्ने भन्दै उनीहरुले आफूहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि घेराउ गरेका हुन् । हक अधिकार तथा सेवा सुविधा संघर्ष समितिका अध्यक्ष दिपेन्द्र विष्टले आफूहरुको आन्दोलन जारी रहेको बताउनुभयो । संसद परिसरमा उपस्थित वडा सदस्यहरुले वडाध्यक्ष तथा मेयर उपमेयरले जस्तै आफूहरुले पनि सुविधा पाउनुपर्ने बताएका छन् ।
नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षलाई सेवा सुविधा दिने भएपनि आफूहरुलाई भने नदिएको भन्दै वडा सदस्यहरुले विरोधका कार्यक्रम सुरु गरेका हुन् । सभामुख प्रदीपकुमार भण्डारीलाई भेटी वडा सदस्यहरुको टोलीले आफूहरुको विषयमा गम्भीर हुन आग्रहसमेत गरेका छन् ।
वडा सदस्यहरुले वडा अध्यक्ष र सचिवले योजना निर्माणमा समावेश नगराएको, न्यायिक समितिमा नराखेको, केही समितिमा राखेको भएपनि निष्क्रिय गराउन खोजेकोलगायतका आरोपसमेत लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्