विराटनगरको रानी चौकीले ३० लाख राजश्व उठायो

विराटनगरको रानी चौकीले ३० लाख राजश्व उठायो

विराटनगर, ८ चैत ।
विराटनगर महानगरपालिकाको प्रमुख आयस्रोत मानिदै आएको रानी कर चौकीले विभिन्न समस्याका बाबजुत उल्लेखनीय राजस्व संकलन गरेको छ ।
चौकीले चालू आर्थिक वर्षको फागुनसम्म ३० लाख राजस्व संकलन गरेको छ । भारतबाट विराटनगर प्रवेश गर्ने विभिन्न सवारी साधनबाट चौकीले कर संकलन गरेको हो । भारत तथा तेस्रो मुलुकबाट औद्योगिक कच्चापदार्थ बोकेर आएका ट्रक, टयांकर तथा भारतीय प्राइभेट नम्बरका साधनबाट रकम संकलन हुँदै आएको रानी कर चौकीका ईन्चार्ज खेमराज तिम्सिनाले बताउनुभयो । गत आर्थिक बर्ष रानी चौकीले ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । दैनिक १५ देखी २५ हजारसम्म कर संकलन गर्दै आएको भएपनि भारतको मिरगन्ज पुल निर्माणधिन अवस्थामा रहेकोले केही महिनादेखी संकलन घटेको प्रमुख तिम्सिनाले बताउनुभयो । चौकीले चालु आर्थिक बर्षमा ५५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्