बोको हरामले एक सय १० छात्रालाई छाड्यो

बोको हरामले  एक सय १० छात्रालाई छाड्यो

एजेन्सी, ८ चैत ।
एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ ।
छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरियाको दाप्चीबाट छात्राहरुलाई अपहरण गरिएको थियो । बोको हरामले उनीहरुलाई अपहरण गर्नुअघि दाप्चीमा आक्रमणसमेत गरेको थियो । नाइजेरियामा विद्यालयबाटै छात्राहरुको अपहरण भएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१४ को अप्रिलमा बोर्नाे राज्यबाट चिबोक समुदायका छात्राहरुको अपहरण भएको थियो । अपहरण भएकामध्ये केहीलाई त अझसम्म पनि छोडिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्