बिराट गोल्ड कप २०७४ : झापा ११ लाई रमपम र मोरङ ११ लाई रिजालको साथ

बिराट गोल्ड कप २०७४ : झापा ११ लाई रमपम र मोरङ ११ लाई रिजालको साथ

बिराटनगर चैत ८ , बिराटनगरमा चैत १७ देखि २६ गते सम्म हुन लागेको पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा कुन १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ ।

भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने छ ।

झापा ११ र मोरङ ११ गरी दुई वटा स्थानीय टिमको सहभागिता बिराट गोल्ड कपमा हुनेछ । स्थानीय २ टिमलाई रमपम तयारी चाउचाउ र रिजालको ग्रुपले सहयोग गर्ने भएको छ । स्थानीय टिम तथा खेलाडीलाई प्रोत्साहन गर्न सहयोग गरिएको दुवै प्रायोजकले जनाएका छन् । टिमले रिजालको मोरङ ११ र रमपम  झापा ११ को नामबाट उक्त प्रतियोगितामा सहभागिता जनाउने छन् ।

मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना हुन लागेको हो । स्थानीय टिमले यसपटक पनि राम्रो समर्थक पाउने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्