दक्षिण कोरिया जानेहरुका लागि ईपीएसको आवेदन खुल्यो , बिराटनगरमा पनि युवाहरुको भिड

दक्षिण कोरिया जानेहरुका लागि ईपीएसको आवेदन खुल्यो , बिराटनगरमा पनि युवाहरुको भिड

रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि लिइने ईपीएस परीक्षाको आवेदन लिने क्रम आज (बिहीबार)बाट शुरु भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चाहनेका लागि आजदेखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् ।
एचआरडी कोरियाले लाइनमा बस्ने बाध्यतालाई हटाउन गत वर्षदेखि अनलाइन आवेदन प्रणाली सुरु गरेको थियो । तर, बैंकहरुमा भने बिहीबार विहानैदेखि युवाहरु लाइनमा लागेका छन् ।
देशैभरका जुनसुकै ग्लोबल आईएमई बैंकमा २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) जम्मा गरी १० दिनभित्रमा आवेदन फर्म भर्न सकिने ईपीएस नेपाल शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।

बिराटनगरस्थित बैंकमा पनि आज बिहानै देखि युवाहरुको फारम बुझाउन भिड लागेको थियो । बिहानैबाट युवाहरु आफ्नो पालो पर्खेर ग्लोबल आईएमई बैंक अगाडी लामबद्ध रहेका थिए  ।

फर्म भर्दा ध्यान पुर्याउन आग्रह
अनलाईनमामार्फत आवेदन फर्म भर्दा नाम, जन्ममिति पासपोर्ट अनुसारकै भर्न तथा पासपोर्ट र फोटोको स्क्यान स्पष्ट खालको गर्न कार्यालयले आग्रह गरेको छ । गत बर्ष स्पष्ट नबुझिएका आवेदनहरु फिर्ता आएको तथा रोष्टरमा नगएकाले त्यसमा सचेत रहन इपिएस शाखाले आग्रह गरेको छ । बैङ्कमा रकम बुझाएपछि यो फर्म सजिलै आफैंले निःशुल्क रुपमा भर्न सकिने भएकाले सेवा शुल्कका नाममा कालोबजारी गर्नेदेखि सचेत रहन पनि भनेको छ । नवौं इपिएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्