प्रहरीलाई नै घुस दिन खोजेपछि पक्राउ परिन शर्मिला !!

प्रहरीलाई नै घुस दिन खोजेपछि पक्राउ परिन शर्मिला !!

८ चैत काठमाडौं । बसमा माकेटमार गर्दा गर्दै रंगेहात पक्राउ परेका पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिने भन्दै प्रहरीलाई नै अलमल्याउन खोज्ने युवतीलाई पक्राउ गरीएको छ।

गत बुधबार पक्राउ परेका धुलिखेल निवासी विवेक लामाले कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गर्दा गर्दै प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।पक्राउ परेका विवेक लामाकी पत्नी बताउने २३ वर्षीया शर्मिला तामाङले आफ्नो पतिलाई छुटाईदिए ३ लाख २४ हजार रुपैयाँ दिने भन्दै प्रहरीलाई नै फसाउन खोजेपछि नीज युवतीलाई पनि पक्राउ गरीएको महानगरीय प्रहरी प्ररिसरले जनाएको छ ।

प्रहरीले बताए अनुसार विवेक लामाको श्रीमतीले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी पति छुटाउने र प्रहरीलाई बदनाम गर्ने  र फसाउनेसमेत योजना रहेको अनुसन्धानबाट खुल्न आएको’  बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्