प्रधानमन्त्री केपी ओली चैत २३ देखि भारतयात्रामा

प्रधानमन्त्री केपी ओली चैत २३ देखि भारतयात्रामा

काठमाडौँ- प्रधानमन्त्री भएपछि केपी ओलीले पहिलो विदेश यात्रामा भारत प्रस्थान गर्ने निश्चित भएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि तीन दिनको समय तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चैतको अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने लगभग निश्चित भए पनि मिति तय भइनसकेको बताए।

पहिलो प्रधानमन्त्रीत्वकालमा नाकाबन्दीका कारण चिसिएको सम्बन्धको पृष्ठभूमिमा भारत भ्रमणको निम्तो आए पनि उनले यथास्थितिमा अर्थात नाकाबन्दी रहेको अवस्थामा भ्रमण नगर्ने अडान लिएपछि भारतले उनको सर्तलाई स्वीकार गर्दै २०७२ साल फागुन सातदेखि ११ गतेसम्म भ्रमणको वातावरण बनाएको थियो।

तर त्यो भ्रमणको अन्तिममा दुवै पक्षले संयुक्त वक्तव्यसम्म जारी नगरेपछि भ्रमणले तिक्तता नमेटेको सन्देश दिएको थियो।

प्रधानमन्त्री ओली यसपल्ट प्रधानमन्त्री बन्नपूर्व नै प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतमै गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुरोध गरेका थिए।

त्योसँगै प्रधानमन्त्री ओलीको यात्रालाई सहजता दिन र दुवै पक्षको वातावरण बनाउन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उनले नेपाल पठाएका थिए।

पाकिस्तानका प्रधानमन्त्री ओली सरकार गठन भएलगत्तै पहिलो सरकार प्रमुखका रुपमा नेपाल आएपछि भारतमा केही आशंका बढेको भए पनि त्यहाँको सरकारले प्रधानमन्त्री ओलीलाई उच्च प्राथमिकता दिएको देखिन्छ।

दक्षिण एसियाका अन्य छिमेकीजस्तै नेपाल पनि चीनतिर ढल्किएको आशंका वा मान्यता त्यहाँ बढिरहेको बेला नेपाललाई आफूतिर आकर्षित गर्न भारत लागेको अनुमान विज्ञहरुको छ।

ओलीले आगामी चैत २३ देखि २५ गतेसम्म भारतको भ्रमण गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्