गिरिजाको स्मृतिमा विराटनगरमा कविगोष्ठी

गिरिजाको स्मृतिमा विराटनगरमा कविगोष्ठी

विराटनगर, ८ चैत ।
नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको आठौंं स्मृति दिवसका अवसरमा नेपाली कांगे्रेस मोरङले बिहीबार कविगोष्ठी आयोजना गरेको छ ।
पार्टी कार्यालयमा भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यकारहरुको उपस्थिती थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गोपाल भण्डारी, गोकुल अधिकारी, निर्मला कोइराला, भरत गुरागाईं, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, भीष्म काफ्ले, लावण्य सापकोटा, राधा भट्टराईले कविता सुनाए ।
त्यस्तै ओम आचार्य, शर्मिला अधिकारी, रोमबहादुर भट्टराई, अशोक पौडेललगायत दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । । कांग्रेस नेता डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार प्राज्ञ दधिराज सुवेदी, रमाप्रसाद रिजाल, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण सिंह, सचिव नागेश कोइराला, प्रदेश सांसद शिवनारायण सिंह, शेखरचन्द्र थापालगायतले गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलन र शान्ति स्थापनामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
नेता रिजालले कोइरालाको दूरदर्शिताकै कारण शान्ति स्थापना भएको बताए । उनले कोइरालाले अघि सारेको सहमति, सहकार्य र एकताको मर्मअनुसार सबै दल अगाडि बढे मुलुकले छिट्टै आर्थिक समृद्धि हासिल गर्ने बताए । रिजालले आर्थिक, सामाजिक र लैंगिक अधिकारका विषयमा कलम चलाउन कविहरुलाई आग्रहसमेत गरे । कोइरालाको स्मृति दिवसमा हरेक वर्ष कविगोष्ठीसहित रचनात्मक कार्यक्रम गर्ने सचिव मोदराज घिमिरेले जानकारी दिए । स्मृति दिवसका अवसरमा आयोजित टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्