चैत १० गते देखि विराटनगरको आरोहण गुरुकुलमा ‘मसान’ खेलाईने  (फोटो फिचर सहित)

चैत १० गते देखि विराटनगरको आरोहण गुरुकुलमा ‘मसान’ खेलाईने  (फोटो फिचर सहित)

विराटनगर, ९ चैत ।
आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन गरिने भएको छ । चैत १० गते शनिवारदेखि एकसातासम्म मसान मञ्चन गरिने भएको हो । सहित्यकार स्व.गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गर्नु भएको छ।
महिलालाई हेपिएको बिषयबस्तुलाई समेटेर रिमालले विस २००३ सालमा लेखिको नाटक मञ्चन गर्न लागिएको हो । नाटकको सन्देश अझैपनि सान्दर्भिक रहेकाले रंगमञ्चीय नाट्य रुपान्तरण गर्न मञ्चन गरिएको निर्देशक कर्णले जानकारी दिनुभयो ।
मसान दिपा पोखरेल, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आर्चय, निर्मल शर्मा, रिदम बस्नेत, अशोक गौतमले अभिनय गरेका छन् । नाटकको लाइट व्यावस्थापन भरत कार्की र स्टेज व्यावस्थापन विकास पराजुलीले गरेका छन् । गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । विसं १९७५ , जेठमा जन्मिएका रिमालको मृत्यु विसं २०३०, कार्तिकमा भएको थियो । उहा“ले लेखेका कृतिहरु मध्ये ‘मसान’ नाटक चर्चित नाटक हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्