अनुगमन नै नगरी योजना स्वीकृत गराउन वडा सदस्यको यस्तो हर्कत, दुहवीका उपमेयर र वडा सदस्य बिच कुटाकुट

अनुगमन नै नगरी योजना स्वीकृत गराउन वडा सदस्यको यस्तो हर्कत, दुहवीका उपमेयर र वडा सदस्य बिच कुटाकुट

विराटनगर, १० चैत ।
सुनसरीको दुहवी नगरपालिकाका उपमेर र वडा सदस्य बिच कुटाकुट भएको छ । नगरपालिकाकी उप मेयर सुनिता दहाल र वडा सदस्य कृष्ण योञ्जन बिच कुटाकुट भएको हो । दुहवी ५ को सरस्वती माध्यामिक बिद्यालयको मैदानमा उपभोक्ता समिति मार्फत भरौट भरिएको र त्यसको भुक्तानी लिनका लागि वडा अध्यक्ष रमेश रौनियार नेतृत्वको टोलीले उप मेयर सुनितालाई सदर गर्न दवाव दिँदा दुबै पक्ष बिच भनाभन भएको थियो । त्यही विवाद बढेपछि कुटाकुट भयो । केही दिनदेखि वडा अध्यक्ष रोनियार सहितले उप प्रमुख दाहाललाई अनुगमन नै नगरी फयल सदर गर्न दवाव दिँदै आएका थिए । ‘आज पनि आए अनुगमन नगरिकन सदर गर्दिन भनेपछि गाली गलौज गरे, दहालले शुक्रवार संचारकमीसँग भन्नुभयो, एउटी महिलालाई मनोमानी ढंगले गाली गरेपछि मैलेपनि सहेर बस्न सकिन ।’
उपमेयर सुनिताले आफुले ईन्जीनियर लगेर अनुगमन गरेपछि मात्र फायल सदर गर्ने अडान राखेकैले वडा अध्यक्ष र सदस्यले गाली गरेको आरोप लगाउनुभयो । वडा अध्यक्ष रौनियारको कुरा भने फरक छ । रौनियार अनुसार, उप मेयर दहालको कार्यकक्षमा दुबै पक्षबिच बिवाद भएको हो । रौनियारले आफु बाहिर निस्किएपछि सदस्य यौन्जनलाई उप मेयर दहालले हात हालेको दाबी गर्नुभयो ।
‘उप मेयरले हात हालेपछि स्थिती असहज बन्यौ, उहाँले भन्नुभयो, उप मेयर सुनिताका श्रीमान अनिल साह पनि पुग्नु भएको थियो ।’ विवाद हुँदा नगर प्रमख बेद गच्छदार पनि नगरपालिका मै थिए । तर कुटाकुट हुँदा भने खाना खान गएको गच्छदारले बताउनुभयो ।
‘दुभाग्य पुर्ण घटना भयो घटना पछि दुबै पक्षलाई राखेर मिलाएको छु, गच्छदारले भन्नुभयो, अब आईन्दा यस्तो घटना हुनेछैन ।’ दुहवी नगरपालिकाका मेयर गच्छदार र उप मेयर दाहाल बिच पछिल्लो समय खटपट छ । उप मेयर दहालले वडा अध्यक्ष र सदस्य आफु बिरुद्ध लाग्नुमा मेयर गच्छदारले उकासेको दाबी गर्नुभयो।
गच्छदार र दाहाल बिच स्थानीय तहको निर्वाचन हुनु अघिसम्म राम्रो सम्बन्ध थियो । गच्छदार र दाहाल कांग्रेस पार्टीका हुन । वडा नम्बर ५ का वडा अध्यक्ष र वडा सदस्य योन्जन पनि कांग्रेस कै हुन । मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य सबै स्थानीय तहको निर्वाचनको समयमा मधेशी जनअधिकार फोरम लोकतान्त्रीकबाट बिजयी भएपनि बिजय कुमार गच्छदार कांग्रेसमा गएपछि उनीहरुपनि कांग्रेसमै गएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्