विराट गोल्डकप : बंगलादेशी खेलाडी नआउने भएप्छि सात टिम मात्र खेल्दै, बंगलादेशी जहाज दुर्घटना कारण

विराट गोल्डकप : बंगलादेशी खेलाडी नआउने भएप्छि सात टिम मात्र खेल्दै, बंगलादेशी जहाज दुर्घटना कारण

प्रेम देवान
विराटनगर १० चैत । पूर्वघोषित तालिका अनुसार बंगलादेशी टिम यसपटक विराटनगरमा हुन लागेको रात्रिकालीन विराट गोल्डकपमा सहभागी नहुने भएको छ । गत फागुन २८ गते काठमाडौँमा बंगलादेशी जहाज दुर्घटना भएपछि बंगलादेशको खेलाडी त्रसित भएका कारण नआउने भएको हो ।
आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार, जहाज दुर्घटनाको कारण देखाउँदै बैगलादेशी खेलाडी नआउने भएको हो । अझै पनि हामीले सम्र्पक गर्ने प्रयास गरिरहेका छौ लगभग आज साँझसम्म यसको निर्णय हुनेछ । रिजाले भन्नुभयो, ‘उनीहरुले दिएको प्रतिक्रिया अनुसार लगभग नआउने स्थितीमा नै छन् जस्तो छ ।’ ‘अन्तिम समयमा आएर त्यहाँका खेलाडीले नेपाल प्रवेशका लागि भीषा पनि पाउन सक्ने अबस्था छैन ।’ नेपालमा भएको जहाज दुर्घटना, भीषा अभाव लगायत विभिन्न प्राविधिक कारण देखाउँदै बंगलादेश स्पोर्टिङ क्लब गोल्डकपमा सहभागी हुन नसक्ने अनुमान गरिएको छ ।
गत फागुन २८ गते बङगलादेशको राजधानी ढाकाबाट काठमाडौ आएको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । युएस–बंगला विमान दुर्घटनामा २१ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । अझै पनि बंगलादेशी नागरिकको मृत्यु भएको खबरले बंगलादेशमा त्रास रहेका कारण पनि खेलाडीहरु नआउने सम्भावान छ ।
बंगलादेशी टिम नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउने भएका छन् । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब विदेशी टिम हुन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिम सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्