विराटनगरमा अर्धचेतका बाँस्तोलालाई पुरस्कृत गर्दा सहभागी भाव विह्वल

विराटनगरमा  अर्धचेतका बाँस्तोलालाई पुरस्कृत  गर्दा सहभागी भाव विह्वल

विराटनगर, १० चैत ।
कृष्णप्रसाद कोइराला स्मृति परिषद बिराटनगरले प्रजातान्त्रिक योद्धा चक्रप्रसाद बाँस्तोलालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रजातान्त्रिक आन्दोलनमा होमिएका र विभिन्न पदमा रहेर देश सेवा गरेका बाँस्तोलालाई ५० हजार नगद सहित पुरस्कृ्त तथा सम्मानित गरिएको हो । प्रदेश नम्बर १ का प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ्ले राष्ट्रकृष्ण प्रसाद कोइरालाको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ दधिराज सुवेदिले संस्था स्थापनाको इतिहास र पुरस्कृत ब्यक्तित्वको बारेमा जानकारी गराउनु भएको थियो । प्रदेश सभाका सदस्य सुयर्माराज राई, शान्ता पौडेल, सावित्रा रेग्मी, बिन्दिया कार्कीले कृष्ण प्रसाद कोईरालाको योगदानको चर्चा गरे । बिराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की तथा डा.भेषप्रसाद धमलाले बाँस्तोलालाई बधाई तथा शुभकामना दिएका थिए ।
समारोहमा अर्धचेतनामा रहेका पुरस्कृत ब्यक्ति चक्र प्रसाद बाँस्तोलाकी धर्मपत्नी कुशुम बाँस्तोलाले पतिलाई प्रदान गरिएको सम्मान तथा पुरस्कर ग्रहण गर्दै आज नेपाली कांग्रेसको अवस्था र चक्रप्रसादको अवस्था एकै भएको उल्लेख गर्नुभा्यो । नेपाली राजनीतिमा बाँस्तोलाको योगदानलाई कतैबाट पनि सम्बोधन हुन नसकेको बारेमा बताई रहँदा कार्यक्रममा कार्यक्रममा उपस्थित सहभागी भाव विह्वल भएका थिए ।
सोही अवसरमा कृष्ण प्रसादले स्थापना गरेको बिद्यालय आदर्श मा.बि.कक्षा ९ मा अध्ययनरत नेहा खातुन र सर्वहितैषी मा.बि.डंग्राहा कक्षा ८ का बिष्णु चौधरीलाई जनही दुइ हजारको छात्रवृत्ति र प्रशंसा पत्र पनि प्रदान गरिएको संस्थाका महासचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्