लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक सम्मेलन विराटगरमा

लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक सम्मेलन विराटगरमा

विराटनगर, १० चैत ।
लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक सम्मेलन विराटगरमा सुरु भएको छ । लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको छैठौँ वार्षिक अधिबेशनको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेका औल्याउनुभयो । मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताउँदै मुलुक संघीय संरचनामा गएकोले तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको उल्लेख गनुभयो ।
मुख्यमन्त्री राईले देश लामो संक्रमणमा गुज्रेकोले अबको आबस्यकता राजनीति स्थायित्व रहेको बताउनुभयो । विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पु¥याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको मुख्यमन्त्री राईको भनाई छ । उहाँले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स डिष्ट्रिक गर्भनर लिला ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्य तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । एकदिने वार्षिक सम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वानका मेची देखि महाकाली सम्मका एक हजार दुई सय लायन्स सदस्यको सहभागिता रहेको लायन रोशन खड्काले बताउनुभयो ।
लायन्स पत्रकारिता पुरस्कार खरेललाई
लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए–वान नेपालले एबी ग्रुप अफ इण्डष्ट्रिज हाउस पत्रकारिता पुरस्कार पत्रकार शंकर खरेललाई प्रदान गरिएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राई र डिष्ट्रिक ३२५ ए–वान नेपालका डिष्ट्रिक गर्भनर लीलाकुमार ढुंगेलले पत्रकार खरेललाई पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको तिथयो । समाज परिवर्तनको पक्षमा गरिरहेको कामको उच्च मूल्यांकन गर्दै समाचार सम्प्रेषण गरेकोले खरेललाई पुरस्कार प्रदान गरिएको गर्भनर ढुंगेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्