रतुवामाई नगरपालिकामा पेट्रोलियम पद्धार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य

रतुवामाई नगरपालिकामा पेट्रोलियम पद्धार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य

विराटनगर, ११ चैत ।
तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पद्धार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेको छ । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारत तर्फ पेट्रोलियम पद्धार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएको ४ वटा पम्पहरुलाई नगरपालिकाको सिफारिसका आधारमा मात्र पेट्रोलियम पद्धार्थ बिक्री बितरण गर्न उर्दि जारी गर्नु भएको हो ।
नगरपालिकाको यस्तो ब्यवस्थासँगै स्थानीयहरुले सास्ती भोग्नु परेको छ । नेपाल भन्दा भारतमा पेट्रोलियम पद्धार्थको मुल्य बढी भएको कारण तस्करी बढेकाले त्यस्तो ब्यवस्था लागु गरिएको नगर प्रमुख राईले जानकारी दिनुभयो । नेपालका पम्पहरुले तेल तस्करी गरेर भारत पु¥याएको पाईएपछि कडाई गरिएको राईको भनाई छ । पम्पमा आएको अधिकांश ईन्धन भारत तस्करी हुँदा स्थानीयले पेट्रोलियम पद्धार्थ नपाउने अबस्था बनेपछि कडाई गरिएको हो । चैत महिनामा किसानले चैतेधान खेती गर्न डिजेल नपाएपछि कडाई गरिएको राईले बताउनुभयो ।
केपिसीको तेल कटौती
नगर प्रमुख राईले सिजुवा स्थित केपिसी सप्लायर्सलाई अधिकांश ईन्धन तस्करी गरेको भन्दै सप्लायर्समा पठाउने ईन्धन कटौती गर्न नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरमा पत्राचार समेत गरिएको छ । नगर प्रमुखको पत्र पछि निगमले सो पम्पमा पठाउने तेलमा कटौती गरेकोको छ । त्यसअघि दैनिक ८ हजार लिटर डिजल निगमले सो पम्पलाई दिँदै आएकोमा अब ४ हजार लिटर मात्र पठाउन थालेको हो । अन्य कार्वाहीको बिषयमा थप निर्णय लिईने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनाले जानकारी दिनुभयो। केपिसी सप्लायर्सका संचालक हितेन्द्र कुमार अग्रवालले नगर प्रमुखको आरोप लगत रहेको आरोप लगाउनु भएकोछ । आफुहरुको कुनै गल्ती नभएको बताउँदै फसाउने प्रयास भएको अग्रवालको स्पष्टोक्ति छ ।
नगर प्रमुख राईले साँझ पेट्रोलियम पम्पहरुमा झारिएको ईन्धन बिहान नपाउने अबस्था आएपछि सिफरिस अनिवार्य गरिएको बताउनुभयो । उहाँले सिफारिस बारे गलत बुझाई र प्रचार भएको समेत गुनासो गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्