बुढीगंगा महोत्सवमा ज्योती मगरको खोजी, एक दर्जन बढी कलाकारले हङ्गामा गर्ने

बुढीगंगा महोत्सवमा ज्योती मगरको खोजी, एक दर्जन बढी कलाकारले हङ्गामा गर्ने

प्रेम देवान/आवर विराटनगर डट नेट,
विराटनगर,११ चैत ।
पछिल्लो समय मिडिया तथा सामाजिक सञ्जालमा निकै हट केकको रुपमा चिनिदै आएका कलाकारहरुले बुढीगंगा महोत्सवलाई हंगामा मच्चाउँदै छन् । “बुढीगंगाको पहिचान हाम्रा अभियान “नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई प्रयोगमा ल्याउन आकर्षण गर्ने उद्देश्यका साथ मोरङको वुढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना हुन लागेको हो । त्यसैमा सहभागि हुनको लागि चलेका गायिका तथा डान्सरहरु ल्याउने तयारी छ । हट एण्ड सेक्सी उपनाम पाएकी गायिका ज्योति मगर, सरस्वती लामा, र डान्सर रिया श्रेष्ठको विशेष प्रस्तुति हुने भएको छ ।
मेला आयोजक समाज विकास केन्द्र नेपालले विराटनगरमा पत्रकार सम्मेनलको आयोजना गरी चैत १५ गते देखि २५ गतेसम्म वुढीगंगा –३ गोकुवा चौकमा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा उनीहरुसँगै अन्य कलाकारहरु पनि ल्याउने तयारी छ । मेलामा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने छ। महोत्सवमा गायक शिव परियार, प्रमोद खरेल, आस्था राउत, बाबु बोगटी, महादेव त्रिपाटी लगायत हास्यकलाकारहरुको पनि विशेष प्रस्तुति हुने छ ।
मेलामा दर्शकलाई अझ मनोरञ्जन प्रदान गर्न हास्य टेलिश्रखला भद्रगोलको टिमका कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने सांस्कृतीक उप समितिका संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । मेलामा मोरङ सुनसरी औद्योगिक क्षेत्रका उत्पादन, चाउचाउ, विस्कुट, जुत्ता,जप्पल,कृषि यान्त्रीकरणका साथै झापा, इलाम, धनकुटा र भोजपुरका लगायतका जिल्लाका घरेलु उत्पादन र कृषि उत्पादन विक्री वितरणका लागि राखिने केन्द्र अध्यक्ष नगेन्द्र मण्डल राजवंशीले वताउनु भयो ।
मेलामा स्थानीय थारु , राजवंशीको मौलिक खाद्य परिकारका भक्का वगिया राखिने छ । मेलामा ४९ वटा स्टल रहने छन् । मेला संचालन गर्न ३८ लाख खर्च लाग्ने छ भने २ करोडको कारोवार हुने आयोजकको दाबी छ । यस अघि दुई पटक कृषि मेला आयोजना गरिएको मेलाका सल्लाहकार कुमार कोइरालाले वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्