विमान दुर्घटनाको दुखद सम्झना : मृतकको सम्झनामा दीप प्रज्वलन

<span class='c1'>विमान दुर्घटनाको दुखद सम्झना :</span> <span class='c2'>मृतकको सम्झनामा दीप प्रज्वलन</span>

काठमाडौं, १२चैत  ।  विभिन्न धर्मावलम्बीले गएको फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परि निधन भएका व्यक्तिको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

चारुमती बौद्ध विहारले आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त  सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो ।

यो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले सो घटनामा परी देशको विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनाहार तथा प्रतिभाशाली मानिसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

घटनामा परेर ज्यान गएकी एन्जला बरालका अभिभावकले उक्त दुर्घटनाका कारण देशको अपुरणीय क्षति भएको बताउँदै आफन्तको सम्झनामा गरिएको सो कार्यक्रमले केही राहतको अनुभव भएको र उनीहरुको चिरस्मरणका लागि सरकारलाई केही योजना ल्याउन आग्रह गर्नुभयो ।

दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्