सुनसरीमा आगलागी, आगोमा परेर एकको मृत्यु, दुई घाइते

सुनसरीमा आगलागी, आगोमा परेर एकको मृत्यु, दुई घाइते

सुनसरी,१२ चैत
सुनसरीमा भएको आगलागीमा परी एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको हो । आगोमा परी विन्देश्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ । त्यस्तै ४० बर्षिय विन्देश्वर र उहाँकी श्रीमती ३५ बर्षिय सविता मलिक घाइते भएका छन्। गएराती घरमा बालेको घुरबाट अचानक सल्केको आगोले उनीहरुको ३ वटा घरसँगैे सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मृतकको शव ईनरुवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको जिल्ल अस्पताल ईनरुपामा उपचार भइरेहको छ। ागलागी दमकल नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्