धरानमा पनि अल्फाबिटा एजुकेसन कन्सल्टेन्सी खुल्यो

धरानमा पनि अल्फाबिटा एजुकेसन कन्सल्टेन्सी खुल्यो

बिराटनगर, १२ चैत । नेपालमा निकै नै प्रतिष्ठा कमाएको एजुकेसन कन्सल्टेन्सी अल्फाविटाको शाखा धरानमा खुलेको छ । धरानमा शुक्रबार उद्घाटन गरिएको छ । कार्यलयको उद्घाटन अल्फाबिटाका प्रमुख द्विराज शर्माले गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख शर्माले नेपालमा हजारौँ एजुकेशनल कन्सल्टेन्सी खुलेर उच्च शिक्षा आर्जन गर्न विदेश जान चाहने शिक्षार्थीलाई सहज भएको बताए । उनले नेपालमा खुलेका धेरै कन्सल्टेन्सी रहेपनि आँफु पढ्ने बेलामा शैक्षिक परामर्श दिने कुनै कन्सल्टेन्सी नरहेको समेत बताए ।

कार्यक्रममा शर्माले नेपालीले नचाहिने कुरामा खर्च गर्ने गरेको भन्दै यदि सो पैसा शिक्षामा लगानी गर्ने हो भने देशले मुहार फेर्ने बताए ।

अल्फाबिटामा टोफेल, आईइएलटिएस,सिम्याट, जिम्याटलगायतका कोर्ष अध्यापन गराईने कार्यक्रममा जानकारी दिईएको छ । अल्फाविटाले केहि दिनमै एसईईका बिद्यार्थीका लागि ब्रिजकोर्ष सञ्चालन गर्ने कुरा समेत जानकारी गराए ।

कार्यक्रममा अल्फाबिटा इटहरीका प्रमुख निराकार पोखरेल, सिइओ सुभास लुईँटेल, अल्फाबिटा धरानका सिइओ सुमनराज पाण्डे, विराटनगर कार्यलयका प्रमुख टिका ढकाललगायतले बालेका थिए । प्रमुख ढकालका अनुसार केही दिनमा झापाको विर्तामोडमा शाखा खोल्ने तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्