इलाममा अझै संचालनमा आएन रक्त सञ्चार केन्द्र

<span class='c1'>इलाममा अझै संचालनमा आएन</span> <span class='c2'>रक्त सञ्चार केन्द्र</span>

इलाम, रासस । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाममा रहेको रक्त सञ्चार केन्द्र आर्थिक अभाबका कारणसञ्चालनमा आउन सकेको छैन ।
रक्त सञ्चार केन्द्रमा काम गर्ने कर्मचारीका लागि आर्थिक स्रोत जुटाउन नसक्दा लामो समयसम्म सो केन्द्र सञ्चालन हुन नसकेको हो । विभिन्न दाताबाट संकलित रु २८ लाख २६ हजारको लागतमा नारायणस्थानमा सो केन्द्र  निर्माण गरिएपनि कतिपय दाताले कबोलेको रकम नदिँदा सेवा उपलब्ध गराउन कठिन भएको बताइएको छ ।
रेडक्रसका संयोजक रतन चौधरीले भने,  “दाताले कबोलेको रकम नदिँदा रक्त संकलनमा निकै कठिन भएको थियो तर पनि आवश्यकता बढ्दै गएकाले चाँडै सञ्चालनको तयारीमा छौँ ।” ब्लड बैंकका लागि जर्मन दूतावासले रु १४ लाख १८ हजार बराबरको सामग्री उपलब्ध गराएको थियो ।
एक प्राविधिकसहित दुईजना कर्मचारी अनिवार्य राख्नु पर्ने र तिनलाई तलब उपलब्ध गराउन रकमको अभाव छ । “कबोल गरेर नदिएको रकम रु सात लाख हाराहारीमा छ”, रेडक्रसका कोषाध्यक्ष विजय कार्कीले भने, “सबै रकम आउने हो भने सेवा सञ्चालन हुने थियो ।” केन्द्र  सञ्चालनका लागि कम्तीमा रु ५० लाखको अक्षयकोष आवश्यकता भए पनि हाल कोषमा करीब रु आठ लाखमात्र संकलन भएको रेडक्रस सभापति देवीप्रसाद गौतमले बताए ।
जिल्लामा हाल मासिक २० युनिट रगतको आवश्यकता रहेकामा अस्पतालको क्षमता विस्तारसंगै त्यो भन्दा बढी रगत खपत हुने देख्छि । हाल रक्तदानबाट संकलन भएको रगत झापा, धरान र विराटनगरमा पठाइने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्