धनुषामा फेसवुकबाट प्रश्नपत्र बाहिरिए पछि……

<span class='c1'>धनुषामा फेसवुकबाट प्रश्नपत्र</span> <span class='c2'>बाहिरिए पछि……</span>

धनुषा, चैत १२ – एसईईको  परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् । प्रश्नपत्र आउट भएपछि बाहिरबाटै परीक्षार्थीका आफन्तहरुले चिट तयार गरेर भित्र पठाउन थालेका छन् ।

बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षा केन्द्रमा पुगेका सञ्चारकर्मी जितेन्द्र रामले भाइवरबाट आएको प्रश्नपत्र र चिट फेला समेत पार्नुभएको छ ।

धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने परीक्षा हलबाट प्रश्न पत्र आउट नभएको दाबी गर्नुभयो । तर कुनै परीक्षार्थीले प्रश्नपत्र मोबाइलमार्फत आउट गरेको हो भने त्यसको विषयमा आफूहरुले अनुसन्धान गर्ने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्