नेपाल–भारत सिमा क्षेत्र जोगवनीको दशगजामा नेपालीको हत्या, प्रहरी भन्छ- ‘हत्याको कारण लागुऔषध’

<span class='c1'>नेपाल–भारत सिमा क्षेत्र जोगवनीको दशगजामा नेपालीको</span> <span class='c2'>हत्या, प्रहरी भन्छ- ‘हत्याको कारण लागुऔषध’</span>

प्रेम देवान
विराटनगर १२ चैत ।
नेपाल भारत सिमा क्षेत्र जोगवनीमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ । ईटहरी १० शिवनारायण टोलमा बस्दै आएका ४५ बर्षिया कृष्णबहादुर सुनवारको छुरा प्रहार गरी हत्या भएको हो । नेपाल–भारत सिमा क्षेत्र जोगवनी–रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्र भित्र प्रवेश गरी भारतीय युवाहरुले सुनवारलाई छुरा प्रहार गरी हत्या गरेको बताईएको छ ।
ईटहरीबाट जोगबनीको टिकुलिया बस्तीमा लागुऔषध सेवन गर्न गएका सुनावार र भारतीय युवाहरु विच आपसी विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरिक्षक सन्तोष निरौलाले आईतबार दिउसो घटना भएको आवर विराटनगरलाई जानकारी दिनभयो ।

यसरी भयो हत्या
‘ईटहरीबाट लागुऔषध सेवन गर्न आएका सुनवार र भारतीयहरु बिच एक आपसमा कुरा नमिल्दा झगडा भएको देखिन्छ उहाँले भन्नुभयो, ‘सुनवारलाई जोगबनीको टिकुलिया बस्तीमा छुरा प्रहार भएको हो ।’
उनीलाई टिकुलियामा छुरा प्रहार गरेको भएपनि आफ्नो ज्यानको सुरक्षा गर्दै नेपाल–भारत दशजगा प्रवेश गरेको र त्यहाँ पुनःदक्षिण गेटको बस्ती नजिकै दशगजामा सुनवार माथी हमला भएको अनुसन्धानबाट खुलेको प्रहरी निरिक्षक निरौलाले जानकारी दिनुभयो । तत्काल खबर पाएकाृ प्रहरीले सुनुवारलाई कोशी अञ्चल अस्पताल लैजाने प्रयास गरेपनि अत्याधिक रक्तश्राव भएर ज्यान गएको हो । अस्पताल पुर्याउँदा डाक्टरले सुनवारको मृत्य घोषणा गरेका थिए ।
सुनवालाई टिकुलिया बस्तीका ३ जना युवाहरुले आक्रमण गरेका थिए । एक जनालाई भारतिय प्रहरीले प्रक्राउ गरीसकेको छ भने दुई जना फरार छन् । सुनवारलाई युवाहरुले खुट्टाको नलि , तिग्रा र नसाहरुमा छुरा प्रहार गरेका कारण अत्याधिक रगत बगेको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनवारको शरिरलाई पोष्टमार्टकोलागि अहिले कोशी अञ्चल अस्पतालमा राखिएको छ। थप यस विषयमा अनुसान्धान भईरहेको र कानुनी प्रकृया पुरा गरी सुनवारको शव आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ । मृतकका श्रीमती सावित्रा सुनवारसँग आवर विराटनगरले कुराकानी गर्दा आफ्नो श्रीमान्ले कहिल्यै लागुऔषध सेवन नगरेको प्रतिक्रिया दिनु भएको छ ।
सिमावर्ती क्षेत्रमा भएको यो घटनाले सिमा क्षेत्रका नेपालीलाई त्रसित बनार्एको छ । प्रहरीले आगु औषधको बिषयमा विवाद भएको जनाई रहँदा मृतककी श्रमितीले आफ्नो श्रीमानले आगु औषध सेवन नै नगर्ने भनेर प्रतिक्रिया दिनुले घटना थप संकास्पद देखिएको छ । हत्याको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्