सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी

<span class='c1'>सरकारले विद्यालय भवनको रंग फरकफरक भएको</span> <span class='c2'>भन्दै एकै रंगको बनाउन निर्देशन जारी</span>

काठमाडौं । सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले सबै विद्यालयको रंग पहेंलो बनाउन निर्देशन दिएको हो ।  विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गर्दै विद्यालयका संरचनाको रंग पहेंलो बनाउन निर्देशन दिएको छ ।

भवनको रंगका साथै छाना, झ्यालढोका आदिका लागि पनि मापदण्ड तोकिएको छ । भवनको छाना रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्नेछ भने झ्यालढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्नेछ ।

कक्षा कोठाको भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने विभागले तयार गरेको निर्देशिकामा उल्लेख छ । सिलिङ, सभाकक्ष, करिडोर र भर्याङको भित्ताको माथिल्लो भागमा भने सेतो रंग लगाउनु पर्नेछ ।

सरकारले यसअघि विद्यालयका बस पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाए पनि त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्