मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु, १ गम्भीर घाईते

<span class='c1'>मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २</span> <span class='c2'>को मृत्यु, १ गम्भीर घाईते</span>

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्