जागरण नेपालको महिला सहभागिता बृद्धीको लागि शुशासान सम्बन्धि तालिम

<span class='c1'>जागरण नेपालको महिला सहभागिता बृद्धीको</span> <span class='c2'>लागि शुशासान सम्बन्धि तालिम</span>

विराटनगर १२ चैत ।
स्थानीय महिला नेतृत्वकर्ताहरुलाई स्थानीय सुशासन, स्रोत परिचालन तथा स्थानीय विकासमा महिला सहभागिता बृद्धीको लागि बिभिन्न स्थानीय तहमा तालिम सम्पन्न भएको छ । जागरण नेपालको आयोजना तथा गर्भनेन्स फेसिलिटीको सहयोगमा सञ्चालित सिमान्तकृत समूदायको स्थानीय सुशासन , निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता सवलिकरण परियोजना अन्तर्गत अगुवा महिलाहरुलाई तालिम दिएको हो ।
स्थानिय महिलाहरुलाई निर्णायक तह र राजनीतिमा समावेशी सहभागितामा कसरी अगाडी बढाउने भन्न्ने बारेमा छलफल भएको जागरण नेपालमा मोरङ जिल्ला कार्यक्रम संयोजक वेदकुमार खत्रीले जानकारी दिनुभयो ।
जागरण नेपालले गत चैत ५ गते देखि ९ गते सम्म मोरङका जहदा गाउपालिका, कटहरी गाउपालीका , बुढिगंगा गाउपालिका र सुन्दर हरैचा नगरपालिकामा तालिम सम्पन्न गरेको हो ।
तासलममा स्थानीय जनप्रतिनिधि बिशेष गरि नगरपालिकाका उपप्रमूख ,गाउ पालिकाका उप प्रमूख ,महिला सदस्य तथा जागरण महिला समूहका महिला सदस्यहरु सहित दिगो बिकासका लक्ष्यहरुको बारेमा छलफल भएको जागरण नेपालकी क्षेत्रीय संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय स्रोत परिचालन, लैगिक बजेटको प्रभावकारीताको लागि संजाल निर्माण जस्ता बिषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्