प्रदेश न्यायाधिवक्तामा विराटनगरकाआचार्यले सपथ लिए

<span class='c1'>प्रदेश  न्यायाधिवक्तामा</span> <span class='c2'>विराटनगरकाआचार्यले सपथ लिए</span>

विराटनगर, १२ चैत ।
एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायधिवक्ता नियुक्त हुनुभएका विराटनगरका वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । एक नम्बर प्रदेश प्रमुखको कार्यालयले आज आयोजना गरेको एक समारोहमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरत्न भुर्तेलले न्यायधिवक्ता आचार्यलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।
आचार्यले नेपाली जनताको नाममा सपथ लिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले संविधानको धारा १६० को उपधारा २ बमोजिम फागुन २४ गते आचार्यलाई प्रमुख न्यायधिवक्ता चयन गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्नुभएको थियो । प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई न्यायधिवक्तामा नियुक्ति गर्नुभएको थियो । प्रमुख न्यायधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो । २०४६ सालबाट वकालत सुरु गर्नुभएका आचार्य नेपाल बार एशोसिएन मोरङका अध्यक्ष र केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्