मोरङको खोर्सानी डढाउने ठाउँ, एकै दिन सय किलो खोर्सानीको आहुती

<span class='c1'>मोरङको खोर्सानी डढाउने ठाउँ, एकै</span> <span class='c2'>दिन सय किलो खोर्सानीको आहुती</span>

विराटनगर, १३ चैत ।
तपाईलाई अचम्मा लाग्न सक्छ कुनै ठाउँमा एकै दिन एक सय बढी खोर्सानीको होम दिईयो भन्दा । त्यस्तै भएको मोरङको बेलबारी नगरपालिका–६ मा । यहाँ एकै दिन एक सय बढी किलो खोर्सानीको होम गरिएको हो । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगत १४ बर्ष देखि खोर्सानीको होम दिँदै आएको हो । हुन पनि १÷२ ढिँडी सुकेको खोर्सानी डढाउँदा भागाभाग हुनुपर्ने अबस्थामा एक सय किलो खोर्साकी होम गर्दा खारले कसरी होम भयो होला भन्न्ने लाग्ला तर यहाँ होम गरिएको खोर्सानीबाट खार आउँदैन । यो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानी हवन गर्दै आउनु भएको हो ।
चैते दशैं अवधिभर विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दा समेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रबाट खोर्सानीको हवन गरि धार्मिक लाभ लिन आउने गरेका छन् ।
सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवन कुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन । यसवर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरूपमा आयोजना गरिएको हो । राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक कोइरालाले बताउनुभयो । खोर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि वार्षिक रूपमा खोर्सानीको आहुती दिने र हवन गर्ने चलन छ । अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटक आउने गरेका छन् ।
नयाँ दिल्लीबाट आउनु भएका निरज पाण्डेले केहि वर्षयता आफू निरन्तर आएको बताउनुभयो । यसपटकको हवन अवलोकन स्थानीय तहक जनप्रतिनिधि मात्र हैन भारत र काठमाडौंबाट सयौं श्रद्धालुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्