गुराँसको राजधानीको रुपमा परिचित तीनजुरेमा पर्यटकहरुको घुइचो

<span class='c1'>गुराँसको राजधानीको रुपमा परिचित</span> <span class='c2'>तीनजुरेमा पर्यटकहरुको घुइचो</span>

तेह्रथुम । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ३८ देशका पर्यटकहरु पुगेका छन् ।

नेपालकै विभिन्न शहर र भारतसहित अष्ट्रेलिया, अमेरिका र युरोप लगायतका ३८ बढी देशबाट पाँच सय भन्दाबढी पर्यटकहरु तीनजुरे पुगेका हुन् । संगीत र कलाको पर्वको रुपमा ‘शक्ति पिक फेस्टिभल’ नाम दिइएको कार्यक्रमका लागि ५० बढी देशका कला र संगीतका पारखीहरु तीनजुरे पुगेका हुन् ।

फेस्टिभलका लागि तीनजुरे पुगेकाहरु मंगलबारे र गुफाबजारको मध्येभागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् । उनीहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको मादी नगरपालिका–९, का वडाध्यक्ष पासाङ शेर्पाले बताउनुभयो ।

उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्धेश्यले फेस्टिबल आयोजना शेर्पाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्