हेर्नुस्, आजकाल विराटनगरमा दिउँसै वत्ति बल्छ,विद्युत प्राधिकरण र महानगर बिच समस्या

हेर्नुस्, आजकाल विराटनगरमा दिउँसै वत्ति बल्छ,विद्युत प्राधिकरण र महानगर बिच समस्या

विराटनगर, १३ चैत ।
विराटनगर महानगरपालिकामा जन प्रतिनिधि आउन भन्दा पहिलासम्म अधिकांश बिजुलीका पोलहर रित्तै थिए । भएका बिजुलीका चिमहरु पनि बल्ने अबस्थाका थिएनन् । कतिपय फुटेका अनी धेरै त जलेको अबस्थामा थियो । त्यसैले पनि निर्वाचित भएर आएका जन प्रतिनिधिको पहिलो काम बन्यो, बिराटनगर महानगरपालिकाका सबै वडाका पोलहरुमा वत्ति राख्ने काम । वत्ति जडानको काम त भयो तर त्यसपछिको अबस्थाको बारेमा सोधिखोजी छैन । वत्ति ब्यवस्थापनको काम अझै हुन सकेको छैन । कुनैदिन सबै चिम फ्युज भएर अन्धकारमय बिराटनगर अहिले दिउँसै वत्ति बल्छ ।
विराटनगर महानगरपालिकामा कति पोलहरु छन् र ति पोलबाट कति बिजुली बचत गर्न सकिन्छ भन्ने बारेमा कसैको पनि ध्यान गएको पाईँदैन । पछिल्ला दिनहरुमा बिद्युत प्राधिकरणले बिद्युत खपत कम गर्नको लागि बिभिन्न अभियानहरु संचालन गर्दै आएको अबस्थामा बिराटनगर महानगरपालिकाले महानगर भित्र दिउँसै वत्ति बलिरहँदा पनि त्यसलाई ब्यवस्थापनको काममा चासो नदिएको स्थानीय बताउँछन् । मंगलवार बिहानै हिँडेका केही बिद्यार्थीहरु गफगर्ने क्रममा भन्दैथिए,‘विराटनगर महानगरपालिका भित्र यसरी दिउँसो बालिएको बत्तिबाट कति बिद्युत बचत हुन्थ्यो होला है ?’ विद्यार्थीका यी कुराले पनि महानगर भित्र बिजुली निभाउने काम कतैबाट पनि नभएको स्पष्ट हुन्छ । लामो समय अध्यारोमा बसेका बिराटनगर बजार क्षेत्रका बासिन्दाले पोलहरुमा वत्ती त पाए तर अहिले दिउँसै वत्ति बलि रहँदा पनि त्यस बारेमा कोही चुइक्कसम्म बोल्दैनन् ।
लामो समय देखिको भुक्तानी बाँकी
नेपाल सरकारले सबै नगरपालिकाहरुको सडक वत्तिको रकम केही बर्ष अघि काठमाण्डौबाट नै भुक्तानी गरेको थियो । तर अब त्यो अबस्था पनि छैन । ‘सडक वत्तिमा बिद्युतलाई पैसा तिर्नु पर्छ, आर्थिक प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले भन्नुभयो, तर बिगत ३ बर्ष देखि पैसा तिरेको छैन ।’ बिद्युत प्राधिकरया र महानगरपालिकाको जुहारीका कारण समस्या देखिएको छ । विद्युत प्राधिकरणले महानगरपालिकालाई बिल तिर भन्छ महानगर घरजग्गा कर तिर भन्छ तर दुबैले कर भने तिरेका छैनन् । विद्युतले घरजग्गा कर तिरेको छैन भने महानगरले बिजुलीको बिल नियमित तिरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्