सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न माग राख्दै ज्ञापनपत्र

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न माग राख्दै ज्ञापनपत्र

विराटनगर, १३ चैत ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लगायतको विभिन्न माग राख्दै विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले मंगलबार जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको हो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सस्किदै गएको चिन्ता व्यक्त गर्दै उनीहरुले नयाँ शैक्षिक सत्रदेखी जिल्लाको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन ।
त्यस्तै निजी विद्यालयहरुले शिक्षा नियमावली मिचेर बढाएको शुल्क खारेज गर्नुपर्ने, विद्यार्थीको सर्टिफिकेटका आधारमा शैक्षिक ऋण दिने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय आवस्यकताको पहिचान गरी सोही अनुसारको पाठ्यक्रम र प्रविधिको निमार्ण गरि आवश्यक जनशक्ति तयार गर्नुपर्ने, सेमेस्टर प्रणालीका आवश्यक पूर्वाधार शैक्षिक गुणस्तर कायम गरी व्यवस्थित गर्नुपर्ने लगायतको माग राखेका छन् ।
विद्यार्थीहरुले राखेको माग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीलाई हस्तान्तरण गर्नु भएको थियो ।
संयोजक अन्सारीले विद्यार्थी संगठनको मागलाई कार्यन्वयन गर्न आग्रह गर्नुभयो । जिल्ला शिक्षा कार्यालयले ज्ञापन पत्र बुझ्दै मागको बिषयमा पहल थाल्ने आश्वासन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्