विराटनगरका उद्योगी राउत र बोेहरा सार्क चेम्वर अफ कमर्शको सदस्यमा चयन

विराटनगरका उद्योगी राउत र बोेहरा सार्क चेम्वर अफ कमर्शको सदस्यमा चयन

विराटनगर, १४ चैत ।
विराटनगरका उद्योगी राजेन्द्र राउत र अभिनाथ बोहरा सार्क चेम्वर अफ कमर्शको सदस्यमा चयन हुनु भएका छन । श्रीलंकामा भएको सार्क चेम्बर अफ कमर्शको अधिवेशनबाट बिराटनगरका  उद्योगी बोहरा र राउत चयन भएको नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सचिवालयका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिनभयो ।
उनीहरुको चयन सँगै विराटनगरका ब्यवसायिको समस्याको बिषय सार्क स्तरमा पनि छलफल हुनेछ । बोहरा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् भने राउत उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिमाउपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । ब्यवसायिका समस्यामा यी दुबै उद्योगी गम्भीर छलफलमा लाग्दै आउने उद्योगी नेतामा पर्ने गरेका छन् । मोरङ ब्यापार संघको नेतृत्वमा हुँदा पनि दुबैले ब्यवसायिको पक्षमा मात्र हैन सामाजिक ब्यवहारमा पनि सुधार भएको धेरैको बुझाई छ । अहिले अन्तराष्ट्रिय सार्क स्तरिय चेम्वर अफ कमर्शको सदस्यमा चयन हुनुले सकारात्मक सन्देश प्रवाह हुनेमा ब्यवसायिको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्